free website hit counter

एलआईसी नेपालद्वारा वार्षिक साधारणसभा आह्वान

beemaadmin
२०७८ माघ १६, आईतवार

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन ९नेपाल० लिमिटेडले आफ्नो १९औँ वार्षिक साधारणसभा बोलाएको छ। कम्पनी सञ्चालक समितिको माघ ११ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो फागुन ११ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नक्सालस्थित एलआईसी शिक्षालय हलमा बिहान १०ः१५ बजेबाट भर्चुअल माध्यमबाट हुनेछ।
सभाले आर्थिक वर्ष २०७६–७७ का लागि प्रस्तावित कुल २१.०५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश छन्। सोही सभाले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १० प्रतिशत संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिवर्तन गर्ने र सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु पनि अनुमोदन गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि कम्पनीले यही माघ २४ गतेदेखि फागुन ११ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ माघ २३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

सम्बन्धित समाचार

प्रचण्डबाहेक पुराना सबै नेता पराजित

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

समानुपातिकमा पनि घण्टीकै दबदबा

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार