free website hit counter

एशियन लाइफको वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाइयो

beemaadmin
२०७९ चैत्र २२, बुधबार

काठमाण्डौ । २०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो कार्यकालको पन्ध्रौंं वर्ष पूरा गरी सोह्रौं वर्षमा प्रवेश गरेको छ । सोह्रौं वर्ष प्रवेशको उपलक्ष्यमा कम्पनीले २०७९ चैत्र १५ गतेदेखि २०७९ चैत्र २१ गतेसम्म देशभर संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत विविध कार्यक्रमहरु आयोजना गरेको छ । वार्षिकोत्सवको अवसरमा रक्तदान जीवन दान भन्ने नारालाई आत्मसाथ गर्दै मिति २०७९ चैत २१ गते मैतीदेवीस्थित प्रधान कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा कम्पनीको प्रधान कार्यालयका साथै काठमाण्डौं उपत्यकाभित्रका शाखा, उपशाखाका कर्मचारी तथा सर्वसाधारण समेत ४६ जनाले रक्तदान गरेका छन् । साथै देशभरका ६१ वटा शाखा, उपशाखा कार्यालयहरुमार्फत स्थानीय मठमन्दिर, आश्रम, विद्यालय तथा अनाथालयमा शैक्षिक सामाग्री, खाद्यान्न तथा फर्निचर सामाग्री वितरण गरिएको छ । वार्षिकोत्सवको अवसरमा प्रधान कार्यालयमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा कम्पनीको संचालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठले एशियन लाईफ इन्स्योरेन्सको व्यवसायीक यात्रामा पन्ध्र वर्षदेखि निरन्तर सहयोग पुर्याउनेप्रति आभार व्यक्त गरेका थिए । उनले उत्कृष्ट जीवन बीमा सेवा प्रवाह गर्दै बीमित र शेयरधनीलाई उच्च प्रतिफल प्रदान गर्न कम्पनी कटिबद्ध रहेको समेत बताए । यस कम्पनीको चालु आव २०७९/८० को फागुनसम्ममा जीवन बीमाकोष रु ३५ अर्ब ६० करोड र कुल बीमाशुल्क रु ४० अर्ब ८५ करोड रहेको छ । कुल लगानी रु ३९ अर्ब ८ करोड छ । यसैगरी चालू आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा कूल बीमाशुल्क रु।४ अर्ब ५५ करोड आर्जन गरेको छ । कम्पनीमा ६ लाख ११ हजार सक्रिय बीमालेख छन् । रु २ अर्ब ९० करोड चुक्ता पूँजी रहेको कम्पनीले गत आव २०७८/७९ को संचित नाफाबाट ८.९४७ प्रतिशत बोनश शेयर प्रस्ताव गरिएको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार