free website hit counter

एशियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

beemaadmin
२०७८ कार्तिक २७, शनिबार

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बीमितको मृत्युपछि परेको दाबी भुक्तानी रकम आश्रित परिवालाई हस्तान्तरण गरेको छ । कम्पनीको इटहरी शाखाले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले कोरोना संक्रमणका कारण निधन भएका इनरुवा र मोरङका दुई बीमितको परिवारलाई बीमा वापतको दावी रकम हस्तान्तरण गरेको हो । कम्पनीले इनरुवा उपशाखा अन्तर्गतका बीमित दिनुलाल चौधरीकी श्रीमती तिलकुमारी चौधरीलाई १ लाख ३० हजार ४२० रुपैयाँ मृत्यु वापतको दाबी रकम भुक्तानी गरेको हो । बीमितले १ लाख चार हजार रुपैयाँको बीमा गराएका थिए । उनलाई अहिले बोनशसहित उक्त रकम प्रदान गरेको हो ।
उक्त रकम एशियन लाइफ इटहरी शाखा प्रबन्धक कृष्ण भट्टराई, इनरूवा उपशाखा प्रमुख नारायण खनाल लगायतको उपस्थितीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । त्यस्तै, कम्पनीका अर्का बीमित मोरङ केरावारी ३ का राजु देवानकी श्रीमती गंगामाया लिम्बूलाई कम्पनीले ५ लाख ६६ हजार रुपैयाँ दावी भुक्तानी बापतको रकम हस्तान्तरण गरेको छ । देवानकी श्रीमती गंगालाई कम्पनीले दुई वर्षको बोनस सहित ५ लाख ६६ हजार रुपैयाँ प्रदान गरेको हो । उक्त रकम एशियन लाइफ इटहरी शाखा प्रबन्धक भट्टराई, बेलबारी उपशाखा प्रमुख श्याम पोखरेल तथा स्थानीय बीमा अभिकर्ताहरुको उपस्थितिमा रकम हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार