free website hit counter

एशियन लाइफले गर्यो अभिकर्ताको सम्मान

beemaadmin
२०८१ आश्विन १९, शनिबार

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले लुम्बिनी प्रदेशको दुई स्थानमा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ। लुम्बिनी प्रदेशको दाङ र कोहलपुरमा अभिकर्ता सम्मान कार्यक्रमको आयोजना गरेको हो। तुलसीपुरमा आयोजित कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठले क्लब मेम्बर र बिजनेश म्यानेजरलाई सम्मान पत्र वितरण गरेका थिए । अभिकर्ताको व्यवसायीक दक्षता अभिवृद्धिका लागि डा तारा जीले बिक्री उत्प्रेरणा सम्बन्धी प्रशिक्षण समेत दिएका थिए । इन्स्योरेन्सका अनुसार सम्मान कार्यक्रममा दाङ, रूकुम, रोल्पा, प्युठान, सल्यान लगायतको जिल्लाका सकृय अभिकर्ताहरूको सहभागिता रहेको थियो । यसैगरी सम्बन्धित जिल्लाको शाखा,उपशाखा कार्यालयका प्रमुखहरूको समेत उपस्थिति रहेको छ। कार्यक्रमको सभापतित्व इन्स्योरेन्सको लुम्बिनी प्रदेश प्रमुख केशव राज गिरीले गरेका थिए । यसैगरी इन्स्योरेन्सले लुम्बिनी प्रदेशको बाँके बर्दिया जिल्ला अन्तर्गतका अभिकर्ताको सम्मान कार्यक्रम कोहलपुरस्थित होटल सेन्ट्रल प्लाजामा गरेको छ। कार्यक्रममा कम्पनीको बजार विभागका विजय पराजुलीले अभिकर्तालाई प्रशंसा पत्र सहित सम्मान गरेका थिए । बिहीबार आयोजित कार्यक्रममा बाँके बर्दियाका अभिकर्ता र शाखा प्रबन्धकहरूको सहभागिता रहेको थियो । सहभागिहरूलाई प्रशिक्षक लेखनाथ पौडेलले प्रशिक्षण दिएका थिए । कार्यक्रम कर्णाली प्रदेश प्रमुख जयानन्द भट्टको सभापतित्वमा सम्पन्न भएको थियो।

सम्बन्धित समाचार

व्यतीत बीमालेख नवीकरणमा विशेष छूट

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

टक्सार पिखुवा खोला आईपीओ आउँदै

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

सानिमा बैंककाे नाफा बढ्याे

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार