काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले लाभांश पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको चैत २३ गते बसेको बैठकले बैशाख १८ गते, बिहान ११ः३० बजे होटल क्लासिक सिमरा, बारामा १५ औं वार्षिक साधारण सभा बोलाएको हो । सभाले आर्थिक वर्ष २०७८–७९ सम्मको संचित मुनाफाबाट चुक्ता पूँजी २ अर्ब ९० करोड ८१ लख रुपैयाँको ८।५० प्रतिशतले हुन आउने २४ करोड ७१ लख ८९ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.४४ प्रतिशतले हुन आउने १ करोड ३० लाख रुपैयाँ नगद लाभांश पारित गर्नेछ । यस्तै सभाले उल्लेखित बोनस शेयर पश्चातको हदसम्म जारी तथा चुक्ता पूँजी वृद्धि गर्न स्वीकृति समेत दिनेछ । कम्पनीको अधिकृत पूँजी ५ अर्ब रुपैयाँलाई वृद्धि गरी ६ अर्ब कायम गर्न प्रबन्धपत्र संशोधन गर्ने लगायतको प्रस्ताबहरु परित गर्नेछ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि २०८० बैशाख ८ गते बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार बैशाख ७ गते सम्म कायम शेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।