free website hit counter

एशियन लाईफको अभिकर्ता संघमा लामिछानेको नेतृत्व

beemaadmin
२०७९ चैत्र ५, आईतवार

काठमाण्डौ‌ । बुटवलमा सम्पन्न दुई दिने अधिवेशनले एशियन लाईफ इन्स्योरेन्स पेशागत अभिकर्ता संघ बीमक समितिले नयाँ कार्य समिति चयन गरेको छ। अधिवेशनको बन्द शत्रले दामोदर लामिछानेको नेतृत्वमा १३ सदस्यीय कार्य समिति चयन गरेको बताइएको छ । नवनिर्वाचित कार्य समितिको वरिष्ठ उपाध्यक्ष सीता भण्डारी उपाध्यक्ष सन्तलाल राई महासचिव राजु साह कानू सहसचिव कर्ण बहादुर हमाल कोषाध्यक्ष गोविन्द पन्थ रहेका छन् । यसैगरी कार्य समिति सदस्यहरुमा बद्री भट्टराई अशोक थापा उमानन्द राजवंशी, मनिष अग्रवाल खुमा बुढामगर श्रीधर घिमिरे रहेका छन् । पुनः निर्वाचित अध्यक्ष लामिछानेले एशियन लाईफको सर्वोपरी हितलाई ध्यानमा राख्दै पेशागत अभिकर्ताको हकहितका लागी आफ्नो नेतृत्वको कार्य समितिले अझै प्रभावकारीरूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले संघमा अझै धेरै अभिकर्तालाई समेट्दै अभिकर्ताको पेशागत दक्षता अभिवृद्धिका लागी समेत स‌मितिले काम गर्ने जानकारी दिए । नवनिर्वाचित कार्य समितिलाई एशियन लाईफ इन्स्योरेन्स संचालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठलगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार