free website hit counter

एशियन लाइफले उठायो ४ अर्ब ५४ करोड बीमा शुल्क

beemaadmin
२०७७ श्रावण २८, बुधबार

काठमाडौं। एशियन लाईफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष ०७६–०७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार एक वर्षको अवधिमा कम्पनीको व्यापारलाई मापन गर्ने सूचक खुद बीमा शुल्क आर्जन रकममा ८ प्रतिशतको वृद्धि देखिएको छ ।

कम्पनीले आर्थिक वर्षको चौथो त्रैमासमा ४ अर्ब ५४ करोड खुद बीमा शुल्क आर्जन गरेको छ भने आर्थिक वर्ष ०७५–०७६को चौथो त्रैमासमा ४ अर्ब २१ करोड खुद बीमा शुल्क आर्जन गर्न कम्पनी सफल भएको थियो ।

समिक्षा अवधिमा कम्पनीको नाफामा उल्लेखनीय सुधार आएको देखिन्छ । खुद नाफा ७८ प्रतिशतले वृद्धि हुँदै १८ करोड १८ लाख पुगेको छ। २ अर्ब १ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ५४ करोड ७० लाख रुपैयाँ पुगेको छ । जगेडा कोषमा समिक्षा अवधिमा ५० प्रतिशतको वृद्धि देखिएको छ ।

त्यस्तै जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषको महत्त्व निकै धेरै हुने भएकोमा एशियन लाईफको जीवन बीमा कोष २७ प्रतिशतले वृद्धि हुँदै २१ अर्ब ६१ करोड पुगेको छ। आर्थिक वर्ष ०७६–०७७मा कम्पनीले ५२ करोड ५ लाख खुद दावी भुक्तानी गरेको र २ करोड १७ लाख भुक्तानी गर्न बाँकी रहेको छ ।

सम्बन्धित समाचार