free website hit counter

एसियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०७९ फाल्गुन ३०, मंगलवार

काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको आज फागुन ३० गते बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब ९० करोड ८१ लाख ११ हजार ७५ रुपैयाँको कुल ८.९४७ प्रतिशतले हुन आउने २६ करोड १ लाख ९९ हजार ४१२ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा ८.५ प्रतिशतले हुन आउने २४ करोड ७१ लाख ८९ हजार ४४२ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.४४७ प्रतिशतले हुन आउने १ करोड ३० लाख ९ हजार ९७० रुपैयाँबराबरको नगद लाभांश छन्। प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार