free website hit counter

ऐतिहासिक मूल्यमा रोकियो सुन

beemaadmin
२०८० चैत्र १८, आईतवार

काठमाडौं । शुक्रबार नयाँ रेकर्ड बनाएको सुनको भाउ आइतबार सोहि विन्दुमा स्थिर देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ३० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। शुक्रबार तोलामा २ हजार १०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको सुनको भाउ आइतबार पनि सोहि मूल्यमा कारोबार भएको हो। यस्तै चाँदीको भाउ पनि तोलामा स्थिर छ आइतबार पनि चाँदी प्रतितोला १ हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको छ। पछिल्लो समय अन्तराष्ट्रिय बजारमा सुनको भाउ बढ्दो क्रममा रहेकाले नेपालमा पनि सुनको भाउ बढ्दै गएको हो।

सम्बन्धित समाचार