free website hit counter

कर्जाको गुणस्तरमा ध्यान दिन आग्रह

beemaadmin
२०७६ माघ ११, शनिबार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ५५ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कर्जाको गुणस्तरमा ध्यान दिन बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरेका छन् । उनले नेपालको कूल गार्हस्थ उत्पादन र कर्जाको अनुपातको अवस्थालाई लिएर अन्तर्राष्ट्रिय मुद्रा कोषले समेत चासो देखाइसकेको अवस्थामा बैंकहरुले कर्जाको आयतन बढाउने भन्दा पनि उत्पादनमुलक क्षेत्रमा कर्जा बढाउन ध्यान दिन आग्रह गरेका हुन् ।

कर्जा र जिडिपीको अनुपात पनि ८० प्रतिशत नाघ्न थाल्यो यात त कर्जा धेरै छिटो बढीरहेको छ या त जिडिपी अली सोचेजस्तो वृद्धि भएको छैन्, अर्थमन्त्री खतिवडाले भनेअहिलेको अवस्थामा कुल गार्हस्थ उत्पादनको गणना विधि परिमार्जन गर्नुपर्ने अवस्था समेत आएको छ । तर पनि बैंकहरुले कर्जा बढाउँदै गए राष्ट्र बैंकले क्रेडिट सिलिङ लगाउनुपर्ने अवस्था आउने उनले बताए ।

अर्थमन्त्री खतिवडाले राष्ट्रिय वाणिज्य बैंकलाई ब्याजदरमा ध्यान दिन पनि आग्रह गरे । उनले निक्षेपमा कम ब्याजदर दिएकोले बचतकर्ता निरास हुन सक्ने र बचत बाहिरिन सक्ने भएकाले ध्यान दिन आग्रह गरे । उनले दिर्घकालिन रुपमा ठुला लगानीमा प्रवाह हुने कर्जामा स्थिर ब्याजदर कायम गर्ने विषयमा राष्ट्रिय वाणिज्य बैंकले नेतृत्व लिन सक्ने समेत बताए ।

सामाजिक सुरक्षा कोषमा बचत गर्ने योगदानकर्तालाई दोहोरो कर नलाग्ने व्यवस्था गर्न लागेको छ । मन्त्रिपरिषदबाट निर्णय गराएर दोहोरो कर हटाउने र कर छुटको सीमा बढाउने तयारी भइरहेको मन्त्री खतिवडाले जानकारी दिएका हुन् ।

मासिक उच्चआय भएका कर्मचारी सामाजिक सुरक्षा कोषमा आवद्ध हुँदा उनीहरुलाई दोहोरो कर लाग्ने भएकोले बैंकिङ क्षेत्रबाट यसको विरोध हुँदै आएको थियो । साथै, बैकिङ क्षेत्रका कर्मचारीहरु सामाजिक सुरक्षा कोषमा जान मानिरहेका छैनन् ।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले नेपालको आर्थिक विकासमा रा राष्ट्रिय वाणिज्य बैंकले खेलेको भुमिकाको सराहना गर्दै यो बैंक नेपालका अन्य वाणिज्य बैंकहरुको तुलनामा अग्रणी रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले साना तथा मझौला कर्जा र सहुलियत ब्याजदरको कर्जाको कार्यान्वयनमा जोड दिएको बताए । उनले गत वर्ष ५ अर्ब ४ करोड रुपैयाँ नाफा गरेको र यस वर्ष लामो समयपछि १२ प्रतिशत लाभांश दिन सफल भएको समेत बताए ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार