free website hit counter

कामना सेवा विकास बैंकको नाफा ३२ प्रतिशतले बढयो

beemaadmin
२०८० माघ ४, बिहीबार

काठमाण्डौ । कामना सेवा विकास बैंकले चालू आर्थिक वर्ष २०८०–०८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण बिहीबार प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार सो अवधिसम्ममा कम्पनीको नाफा ३२.१९ प्रतिशतले बढेको छ । जसअनुसार कम्पनीले २५ करोड ८९ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आवको भन्दा समीक्षा अवधिमा ३२.१९ प्रतिशतले धेरै हो। गत आवको उक्त अवधिसम्मा कम्पनीले १९ करोड ५८ लाख ७१ हजार रुपैयाँ खूद नाफा कमाएको थियो । चालू आवको उक्त अवधिसम्ममा कम्पनीको ब्याज आम्दानी घटेपनि कमिसन र सञ्चालन नाफा बढेकाले खूद नाफा बढेको हो । कम्पनीको खूद ब्याज आम्दानी भने ६।२४ प्रतिशतले घटेर ९५ करोड ८८ लाख ४० हजार रुपैयाँ कायम भएको छ। गत वर्षको उक्त अवधिसम्ममा कम्पनीले १ अर्ब २ करोड रुपैयाँ खूद ब्याज आम्दानी गरेको थियो। कम्पनीको खूद शुल्क तथा कमिसन आम्दानी १२ करोड ३२ लाख ६६ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन आम्दानी ३७ करोड ३५ हजार रुपैयाँ पुगेको छ। कम्पनीको कुल निक्षेप ५६ अर्ब २९ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ४३ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ।यसैगरी, रिजर्भ कोषमा १ अर्ब ५१ करोड रुपैयाँ छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी बढेर १५.७८ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५१.६१ रुपैयाँ छ भने चुक्तापूँजी ३ अर्ब २८ करोड रुपैयाँ छ ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार