free website hit counter

कालिञ्चोक दर्शनको नाफा बढ्यो

beemaadmin
२०८२ माघ २१, बुधबार

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ करोड १९ लाख ९३ हजार रुपैयाँ नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५२.६८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४७ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। आम्दानी बढेसँगै कम्पनीको खुद नाफा पनि बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको आम्दानी ३ करोड ८ लाख रुपैयाँबाट बढेर ३ करोड ५४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन आम्दानी २ करोड ९० लाख रुपैयाँबाट बढेर ३ करोड ४१ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा १ करोड २ लाख रूपैयाँबाट बढेर १ करोड ४९ लाख रूपैयाँ पुगेको छ। ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ करोड ३९ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ९७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ ३६ पैसा रहेको छ।

सम्बन्धित समाचार

सुनको मूल्यमा भारी गिरावट

beemaadmin
२०८३ जेष्ठ १, शुक्रबार

सलिकोको नाफा १३ करोड ३२ लाखमा सीमित

beemaadmin
२०८३ बैशाख ३१, बिहीबार