free website hit counter

किन त्यागे अस्पताल कर्मचारीले ज्यान

beemaadmin
२०७७ जेष्ठ २६, सोमबार

अछाम । विश्व आतंकि बनेको बेला निराशाको व्यवस्थापन गर्न सकिएन भने भयावह अवस्था आउन सक्छ । कोरोनाका कारण नेपालमा १४ जनाले मात्रै ज्यान गुमाएको हो । तर कोरोना कहरपछि जिन्दगीमै निराशा छाएर ज्यान फाल्नेको संख्या डरलाग्दो छ । यस क्रममा कोरोनासँग अग्रमोर्चामा लड्दै आएका स्वास्थ्यकर्मीले पनि यसबीचमा जीवन त्यागेका छन् । पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका बयालपाटा अस्पतालका कर्मचारी सिदार्थ आउजीको मृत्यु भएको छ । सोमबार बिहान अस्पतालको गेटमा गएर आफ्नो शरीरमा आगो लगाएपछि उनलाई भेरी अस्पताल नेपालगन्जमा पठाइएको थियो । अस्पताल पुर्‍याएको आधा घन्टामा उनको मृत्यु भएको बताइएको छ । दिउँसो साढे ३ बजे अस्पताल पुर्याइएकोमा ४ बजे अस्पतालले मृत्यु भएको घोषणा गरेको थियो । एक वर्षअघि सिद्धार्थ खाडी मुलुकमा जाने तयारी गरेका थिए । घर नजिकैको बयालपाटा अस्पतालमा चर्पी सरसफाइ गर्नका लागि विज्ञापन खुलेपछि उनले निवेदन दिएर काम पाएका थिए । अस्पतालले आर्थिक संकट भएको भन्दै उनी लगायत ३२ कर्मचारीलाई अस्पतालबाट निकाल्ने सूचना करार सम्झौता सकिनु दुई महिनादेखि जानकारी गराएका थिए ।

सम्बन्धित समाचार