free website hit counter

किन बढिरहेको छ सुनको मूल्य ?

beemaadmin
२०८२ भाद्र २२, आईतवार

काठमाडौं । सामान्य मानिसको पहुँचबाट बाहिर पुगेको सुनको मूल्य बढ्नेक्रम जारी छ । यस साता नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ। साताको पहिलो दिन नै प्रतितोला २ लाख ३ हजार ६०० रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सुनको मूल्यले सोमबार, मंगलबार, बुधबार र शुक्रबार निरन्तर नयाँ रेकर्ड बनाएको थियो। सोमबारको बजारमा सुन प्रतितोला २ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन, मंगलबार ६०० रुपैयाँ बढेको थियो। बुधबार र बिहीबार भने सुन प्रतितोला २ लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। साताको अन्तिम दिन अर्थात शुक्रबार सुनको मूल्य २ लाख १० हजार ४०० रुपैयाँ पुगेको थियो। जुन हालसम्मकै उच्च मूल्य हो। पहिलो दिनको तुलनामा अन्तिम कारोबार दिन सुनको मूल्य तोलामा ६ हजार ८०० रुपैयाँले बढेको हो। विश्वका केन्द्रिय बैंकहरुले अमेरिकी डलर सञ्चितीमा पुनर्विचार गर्ने तयारी साथै डलर सञ्चितीको सट्टामा सुन सञ्चितीलाई जोड दिँदा अन्तरराष्ट्रिय बजारमा सुनको माग उच्च हुँदा नेपालमा पनि त्यसको प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस साता चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको थियो। सुन जस्तो आइतबार नै रेकर्ड बनाएको चाँदीको मूल्यले सोमबार, मंगलबार र शुक्रबार क्रमशः रेकर्डहरु तोड्दै नयाँ रेकर्ड बनाएको थियो। शुक्रबार नेपाली बजारमा चाँदी प्रतितोला २ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो। जुन आइतबारको तुलनामा प्रतितोला ६५ रुपैयाँ बढेको हो।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार