free website hit counter

कुन कुन जिल्लाबाट थपिए ४२५ नयाँ संक्रमित (जिल्लागत सूचि)

beemaadmin
२०७७ जेष्ठ ३२, आईतवार

काठमाडौं । कोरोना संक्रमणको दर नेपालमा उच्च गतिमा देखिएको छ । पर्याप्त सावधानी अपनाए पनि संक्रमित पहिचानको दर निकै बढेको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा ४२५ जनालाई कोरोना संक्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमले नियमित प्रेस बिफिङका क्रममा ३७५ पुरुष र ५० महिलालाई कोरोना पोजेटिभ देखिएको जानकारी दिनुभयो । यो संगै कोरोना संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ । जसमा ५ हजार ३२४ पुरुष र ४३६ महिला रहेका छन् । पछिल्लो २४ घण्टामा ३० जिल्लामा संक्रमण देखिएको छ । मोरङका २५, सुनसरीका १, झापाका १, सप्तरीका १०, पर्साका १७, बाराका ९, सर्लाहीका ६, रौतहटका ७६, नवलपरासी पूर्वका २, बझाङका ५, डडेल्धुराका २७, डोटीका ३, कैलालीका १२, कञ्चनपुरका २०, बर्दियाका ३, बाँकेका ३, रुकुम पश्चिमका १, प्यूठानका २, दाङका ५४, धनुषाका १, रामेछापका २, गुल्मीका ८, नवलपरासी पूर्वका २, रुपन्देहीका २६, पाल्पाका १७, सुर्खेतका ४०, दैलेखका २९, सिन्धुलीका १, धादिङका २५ र रुकुम पूर्वका ७३ जनालाई कोरोना पुष्टि भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा ६१ जना डिस्चार्ज भएका छन् । देशभर डिस्चार्ज हुनेको सख्या ९७४ पुगेको छ जसमा छ ८७७ पुरुष र ९७ जना महिला रहेका छन् । प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा ६ हजार ८९ जनाको पीसीआर परीक्षण भएको जानकारी दिदै हालसम्म पीसीआरबाट १ लाख ३३ हजार ३७७ जनाको परीक्षण भएको बताउनुभयो ।
हालसम्म आरडीटिबाट २ लाख १० हजार ७२१ को परीक्षण भएको छ जसमा २० हजार १३९ जनाको आरडीटिबाट परीक्षण भएको छ । आज १ लाख ४३ हजार ६४१ जना क्वारेन्टाइनमा बसिरहेका छन् । हाल ४ हजार ७६७ संक्रमितहरु आइसोलेसनमा रहेका छन् । यस्तै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १९ पुगेको छ । गुल्मी धुर्कोटका ३६ वर्षका पुरुषको जेठ १२ गते कोरोना पुष्टि भएका उहाँको जेठ ३१ गते राती आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको थियो । उहाँ क्यान्सरका बिरामी समेत हुनुहुनुन्थ्यो ।

सम्बन्धित समाचार