free website hit counter

कुमारी बैंकले बोलायो वार्षिक साधारण सभा

beemaadmin
२०७६ भाद्र २२, आईतवार

काठमाडौं । कुमारी बैंकले लाभांश परित गर्न १९ औं वार्षिक साधारण सभा डाकेको छ। बैंकले आर्थिक वर्ष २०७५÷७६ को लागि वितरण गर्न प्रस्ताव गरेको चुक्ता पूँजीको १० प्रतिशत बोनस र बोनस शेयरको कर प्रयोजनको लागि ०.५२६ प्रतिशत लाभांश पारित गर्न असोज ११ गते शनिबार साधारण सभा आह्वान गरेको जनाएको छ ।
नक्साल व्याक्वेट, नक्साल काठमाडौंमा असोज ११ गते बिहानका लागि बोलाइएको साधारण सभामा लाभांशका अतिरिक्त साधारण सभामा प्रबन्धपत्र संशोधन गर्ने, आर्थिक वर्ष २०७५÷७६ को नाफा÷नोक्सान सम्बन्धी हिसाब किताबका सम्बन्धमा छलफल गरी पारित गर्ने तयारी गरेको पनि बैंकले जनाएको छ।
यस्तै आर्थिक वर्ष २०७६÷७७ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने पनि तयारी गरेको छ।
साधारण सभा प्रयोजनका लागि बैंकले भदौ २९ गतेदेखि असोज ११ गतेसम्म बुक क्लोज गने जनाएको छ। त्यस अनुसार भदौ २६ गते बिहीबारसम्म कायम शेयरधनीहरुले मात्रै बैंकको लाभांश पाउनेछन्। चुक्ता पूँजी ८ अर्ब ६८ करोड रुपैयाँ रहेको बैंकको बोनस वितरण पछि ९ अर्ब ५५ करोड पुग्नेछ।

सम्बन्धित समाचार

सानिमा बैंककाे नाफा बढ्याे

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८३ बैशाख ८, मंगलवार

सीईओ दिवसको म्याद ४ वर्षका लागि थपियो

beemaadmin
२०८३ बैशाख ८, मंगलवार

अब कर्मचारीलाई १५–१५ दिनमा तलब

beemaadmin
२०८३ बैशाख ७, सोमबार