काठमाडौं । कोरोनाका नाममा १० अर्ब रुपैयाँ खर्च गरेको बताएको सरकारले नत पिसिआर परीक्षणको दायरा बढाउन सकेको छ नत क्वारेन्टाइनको मापदण्ड नै पूरा गरेको छ । मान्छे परेपछि अरु रोग खोज्ने काम सरकारको भएको छ । बिहीबार कुवेतबाट करिब ३ सय महिला श्रमिक फर्किने भएका छन् । कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका महिलालाई कुवेतले नै काठमाडौं ल्याइदिन लागेको हो । उनीहरु आमाफी प्रक्रिया सामेल भएकाहरु हुन् । सबै प्रक्रिया टुंग्याएर भोलिका लागि दुई वटा उडान तय भएको कुवेतमा लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले बताए । बुधबार नै एउटा उडान गर्ने तयारी भएपनि प्रक्रिया नटुंगिएका कारण भोलिबाट मात्रै कुवेतबाट श्रमिक फर्किने भएका हुन् । करिब २९ सय नेपाली कुवेतमा विभिन्न क्याम्पपमा आममाफीको प्रक्रिया पुरा गरेर बसेका छन् । क्वारेन्टाइन बनाइएका विभिन्न क्याम्पमा बसेर वैशाखको तेस्रो हप्तादेखि उनीहरु स्वदेश फर्किने अनुमति कुरिरहेका थिए । उनीहरूले छिटो अनुमति दिनका लागि नेपाल सरकारसँग आग्रह गर्दै आएका थिए । कुवेत सरकारले त्यतिबेलै उनीहरूलाई आफ्नै जहाजमा काठमाडौं एयरपोर्ट ल्याइदिन तयार रहेको बताएको थियो । नेपालले अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध लगाएकाले समस्या भएको थियो ।