free website hit counter

कृषि विकास बैंकको लाभांश घोषणा

beemaadmin
२०७८ पुष ३, शनिबार

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आर्थिक वर्षसम्म हाल कायम चुक्तापुँजीको कुल २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने कम्पनीले जनाएको छ। बैठकले नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार सेयरपुँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकमसमेत प्रदान गर्ने निर्णय गरेको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार