काठमाडौं । कृषि विकास बैंकले दक्षिणकाली नगरपालिकाको ३ मा बसोबास गर्ने किसानलाई किसान क्रेडिट कार्ड उपलब्ध गराएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय प्रारम्भीक रुपमा ८३ वटा कार्ड स्थानिय किसानलाई उपलब्ध गराएका हुन् । यस कार्ड मार्फत किसानले कृषि सम्बन्धी बेचबिखन देखि बिउ–मलखाद–मौसम समेत जानकारी हुने व्यवस्था रहेको बैंकले जानकारी दिएको छ ।
यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लामो इतिहास बोकेको नेपालको पुरानो विधुत गृह चन्द्रज्योति पावरहाउसको परिसरमा राख्ने गरी १० थान डस्टबिन वडा अध्यक्षलाई हस्तान्तरण गरेका थिए ।