free website hit counter

कृषिबाली बीमा उत्पादन मूल्यका आधारमा गराउने तयारी

beemaadmin
२०७७ श्रावण २९, बिहीबार

काठमाडौ । अहिलेसम्म लागतका आधारमा गरिँदै आएको कृषिबाली बीमा अब उत्पादन मूल्यका आधारमा बीमा गराउन बीमा समितिले पहल थालेको छ । किसानहरुलाई सरकारले बीमा शुल्कमा अनुदान दिइरहेकाले अब उत्पादन मूल्यमा बीमा गर्न सक्ने व्यवस्था गरेमा त्यसले रक्षावरणको दायरा बढ्नेमा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल विश्वस्त देखिनुहुन्छ ।

बीमा समितिले आफ्नो वार्षिक कार्यक्रममा बाली तथा पशुपंक्षी बीमालेख तयार पारिने तथा चाडै लागू गरिने जनाउँदै आएको छ । समितिले हाल कायम रहेको बीमा लेखमा केही थपघट गर्न जरुरी भएकाले यस्तो व्यवस्था ल्याएको हो । पशुपंक्षी तथा बालीको बीमा गराउदै आएका बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले भने कृषि उत्पादनको उत्पादन मूल्यमा बीमा गराउन समस्या हुन सक्ने बताएका छन् । समितिले उत्पादन मूल्यका आधारमा बीमांक रकम तोकिदिने हो भने सबै अन्न बालीको बीमा गराउनेको संख्या ह्वात्तै बढ्ने अपेक्षा गरेको छ ।

अहिले पशुपंक्षीको बीमा गर्दा बीमांकको ५ प्रतिशत रकम बीमा शुल्क स्वरुप बुझाउनुपर्छ । उक्त व्यवस्थालाई परिमार्जन गरी बीमा समितिले बीमांकको ४ प्रतिशत रकम बुझाउनु पर्ने व्यवस्था कायम गर्न खोजेको हो । पशुपंक्षीको बीमा गर्न सुरुवात गरेको ५ वर्ष नाघिसकेको अवस्थामा कृषि बीमा सम्बन्धि चेतनामा समेत धेरै वृद्धि भएको समितिको दावी छ । विगतका दिनमा बीमा के हो भन्ने कृषकहरुले अहिले बीमाका प्रोडक्टहरु छनोट गरेर बीमा गर्ने अवस्था सिजर्ना भएको समितिले बताएको छ ।

सम्बन्धित समाचार