free website hit counter

कोरोना बीमा पोलिसीको बिक्री उत्साहजनक

beemaadmin
२०७७ बैशाख १३, शनिबार

काठमाडौं । कुनै पनि महामारीको जोखिम बहन बीमा कम्पनीले नगरे पनि बीमा समितिको पहलमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम बीमा कम्पनीले बहन गर्न थालेका छन् । नेपालमा २० वटा निर्जिवन बीमा कम्पनी चालू अवस्थामा रहे पनि हालसम्म १७ वटा बीमा कम्पनीले मात्रै कोभिड १९ बीमा लेख बिक्री गरेका छन् ।

बीमा लेख शुरु भएको पाँच दिनमा ४१ लाखको बीमा पोलिसी बिक्री भइसक्दा अजोड इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ भने अजोजलाई आईजीआई इन्स्योरेन्सले पछ्याइरहेको छ । पाँच दिनको तथ्यांक हेर्दा बीमा समिति, नेपाल बीमक संघको सहकार्यमा ल्याइएको कोरोना बीमा पोलिसीको बिक्री उत्साहप्रद रहेको पाइएको छ । तथ्याङ्क अनुसार ५ दिनसम्म निर्जिवन बीमा कम्पनीहरुले ४ सय ६९ वटा कोरोना बीमा पोलिसी बिक्रि गरिसकेका छन् ।

Advertisement
Advertisement

हाल संचालनमा रहेको निर्जिवन बीमा कम्पनीहरुले ५ दिनसम्ममा ७ हजार ४ सय १२ जना बीमितको रक्षावरण गरेका छन् । यो बीमा लेख अधिकांश कर्पोरेट कम्पनी र अस्पतालहरु खरिद गरेका छन् । बीमा समितिले आईतबार मात्रै कोडिभ १९ बीमालेखको औपचारिक रुपमा सुरुवात गरेको थियो ।

Advertisement
Advertisement

समितिका अध्यक्ष चिरञ्जीवी चाँपागाई आफैंले कोरोना बीमा योजना खरिद गरेर यो बीमालेख सार्वजनिक गरेका थिए भने बीमा समितिले बीमा समितिमा आवद्ध भएका ८० जना कर्मचारीहरुको सामूहिक कोरोना बीमा गरेको थियो । समितिले यस बीमा योजनाको लागि निर्जिवन बीमा कम्पनीहरुलाई जिल्ला तोकेरै अभियानमा रुपमा बीमा योजना अघि बढाउन निर्देशन दिएको छ । सोही बमोजिम कम्पनीहरु आफ्ना कार्यक्षेत्रमा खटिएको बीमक संघले जनाएको छ ।

सम्बन्धित समाचार