free website hit counter

कोरोना बीमामा शिखरको अग्रता, ३ करोड बढी बीमाशुल्क संकलन

beemaadmin
२०७७ जेष्ठ २०, मंगलवार

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले कोडिभ १९ बीमालेखको २५ प्रतिशत बजार हिस्सा कब्जा गरेको छ । ६ हजार बीमालेख बिक्रीबाट ३ करोड १६ लाख बीमा शुल्क संकलन गरेको छ ।
कम्पनीले ७७ वटै जिल्लाका नागरिकको कोरोना बीमा गराएको छ । देशैभर सबैभन्दा बढी शाखा सञ्जाल भएको शिखर इन्स्योरेन्स विकट जिल्लाका नागरिकहरुलाई समेत कोरोना बीमामा सहभागी गराएको हो । जुम्ला, मुगु, कालिकोट, हुम्ला, बझाङ, दैलेख जस्ता विकट जिल्लाबाट समेत २ हजार भन्दा बढी नागरिकले कोरोनाभाइरस बीमा गराएका छन् । देशैभरबाट ५७ हजार भन्दा बढी नागरीकको कोरोना बीमा भएको कम्पनीले जनाएको छ । शिखर इन्स्योरेन्सले ३ करोड भन्दा बढी बीमाशुल्क संकलन गर्ने पहिलो कम्पनी भएको छ । कोरोना बीमा नेपाल बीमक संघले बीमा पुलमार्फत सञ्चालन गर्दै आएको छ । यस बीमा अन्तर्गत बीमा शुल्क र जोखिम २० वटा निर्जिवन बीमा कम्पनीहरुले समान रुपमा ४ प्रतिशत र बाँकी २० प्रतिशत पुनर्बीमा कम्पनीसँग भागबण्डा हुने व्यवस्था छ ।

सम्बन्धित समाचार