free website hit counter

कोरोना भ्याक्सिन लगाएपछि कण्डम अनिवार्य

beemaadmin
२०७८ बैशाख ४, शनिबार

काठमाडौं । कोरोना नयाँ समस्या भएको र यसको भ्याक्सिन पनि नयाँ नै भएका कारण यो भ्याक्सिन लगाएपछि के गर्ने के नगर्ने भन्ने विषयमा सबै जानकार छैनन् । कोरोना भाइरस भ्याक्सिन लगाएपछि के गर्ने र नगर्ने भन्नेबारे सामाजिक सञ्‍जालमा अनेक टिप्पणी हुने गरेका छन्। खोप लिएका व्यक्तिहरूले विभिन्न प्रकारका प्रश्नहरू सोधिरहेका हुन्छन्।

यी मध्ये एक प्रश्न यो पनि हो, कोभिड खोप लगाएपछि यौन सम्पर्क राख्न सुरक्षित छ ? नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यससम्बन्धी कुनै निर्देशिका जारी त गरेको छैन, तर विशेषज्ञहरूले यसबारे केही सावधानी अपनाउनुपर्ने सुझाव दिइरहेका छन्। पुरुष र महिलाले खोपको दोस्रो मात्रा लगाएपछि यौन सम्पर्क गर्दा गर्भ निरोधक साधन प्रयोग गर्नुपर्ने उनीहरूले बताएका छन्।

Advertisement
Advertisement

यस अवधिमा बच्चा जन्माउने योजनालाई रोक्दा नै राम्रो हुने उनीहरूको सुझाव छ। कोलम्बिया एशिया अस्पतालका चिकित्सक दीपक बर्माका अनुसार कोरोना विरुद्धको खोप लगाएपछि केही दीर्घकालीन साइड इफेक्टहरू देखिन सक्छन्। यद्यपी विवाहित जोडीहरूलाई यौन सम्पर्क गर्नबाट रोक्न सकिँदैन। यसकारण यौन सम्पर्क गर्दा सुरक्षित साधन अपनाउनु आवश्यक हुन्छ। पुरुष र महिलाले खोपको दोस्रो डोज लिएपछि २ देखि ३ हप्तासम्म कन्डम प्रयोग गर्नुपर्छ, उनले भने, हामीलाई थाहा छैन कि यो खोपले मान्छेलाई कसरी असर पार्छ, त्यसैले कन्डम प्रयोग गर्नु नै उत्तम र प्रभावकारी हुन्छ।

Advertisement
Advertisement

सम्बन्धित समाचार