free website hit counter

कोरोनाको उपचारमा मलेरियाको औषधि परीक्षण

beemaadmin
२०७६ चैत्र २८, शुक्रबार

एजेन्सी । विश्व समुदाय कोरोनासँग लडिरहँदा मेडिकल शिक्षामा बादसाहहरु भने कोरोनाविरुद्धको औषधि पत्ता लगाउने अभियानमा दिनरात खटिरहेका छन् । अमेरिकी राष्ट्रिय स्वास्थ्य इन्स्टिच्युट (एनआईएच) ले बिहीबार मलेरिया औलो रोगको उपचारमा प्रयोग हुने हाइड्रोक्सीक्लोरोक्विनलाई कोरोनाभाइरसको उपचारका लागि परीक्षण गर्न औपचारिक अनुमति दिएको घोषणा गरेको छ। दी हिलमा छापिएको एक रिपोर्टका अनुसार टेनिसी राज्यको नेस्भिलस्थित भ्यान्डरबिल्ट विश्वविद्यालय मेडिकल सेन्टरमा क्लिनिकल परीक्षणमा सहभागी हुन एक जना कोरोना संक्रमित व्यक्तिले नाम लेखाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पटकपटक यो औषधि कोरोना संक्रमित व्यक्तिलाई उपयोगी हुने दाबी गर्दै आएका छन्। समाचारमा जनाइएअनुसार क्लिनिकल परीक्षणमा सहभागी हुन चाहनेहरुलाई पहिलो दिन दिनको दुई पटक ४ सय एमजीको क्लोरोक्विन दिइने छ। त्यसपछि दुईदेखि पाँच दिनसम्म २ सय एमजी औषधि दिनको दुई पटक ९आठ डोज० दिइने छ। बुधबार अमेरिकी राष्ट्रपति ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरी क्लोरोक्विन औषधि अमेरिकालाई आपूर्ति गर्न स्वीकार गरेकामा धन्यवाद दिएका थिए। ट्रम्पले भने, ‘क्लोरोक्विनको भण्डारण अब अमेरिकामा तीन करोड पिल्स पुग्नेछ।’ गत महिना अमेरिकी खाद्य तथा औषधि प्रशासन ९एफडिए० ले आपतकालीन अवस्थामा कोरोना संक्रमित बिरामीलाई पनि मलेरियाको औषधि दिन सकिने बताएको थियो। एनआइएच अमेरिकाको मेडिकल अनुसन्धान संस्था हो।

सम्बन्धित समाचार