free website hit counter

कोरोनाबाट बच्न जापान सरकारको यस्तो उर्दी

beemaadmin
२०७६ फाल्गुन ७, बुधबार

टोकियो । नेपालीहरुको बाक्लो उपस्थिति रहेको जापानमा पनि कोरोनाको संक्रमण देखिएको छ । चिनमा जस्तो भयावह स्थिति नभए पनि झण्डै २ सय जना विरामी जापानमा रहेको बेला जापानका प्रधानमन्त्री शिन्जो आबेले रुघाखोकी लागेमा, ज्वरो आएमा वा स्वासप्रश्वासमा असहज हुने जस्ता लक्षण देखिएमा काम तथा स्कुल, कलेज नजान देशबासीलाई आग्रह गरेका छन् । बिश्वब्यापी रुपमा महामारीको रुप लिएको कोरोना भाइरसको बिगबिगीप्रति चिन्ता जाहेर गर्दै प्रधानमन्त्री आबेले यस्तो बताएका हुन् । छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमणले चीनपछि जापानमा यसको प्रभाव बढ्दो छ ।

जापान सरकारले कोरोना भाइरसको संक्रमण रोक्न बनाएको बिशेष कार्यदलको मंगलबार भएको बैठकमा बोल्दै प्रधानमन्त्री आबेले लामो समयसम्म काममा ब्यस्त रहनुपर्ने जापानी जनताहरुको मनोबल बृद्धि गर्दै यदि आफुलाई स्वास्थ्यमा केही असहज महशुस भएको छ भने बिना हिच्किचावत कामबाट बिदा बसेर आराम गर्न अपिल गरेका हुन् । जापानी जनताले असामान्य महशुस गरिरहनुभएको छ भने घरमै बसेर आराम गर्न र बाहिर निस्केर भिडभाडमा जान नहुने कुरा दिमाखमा राख्न आवश्यक छ । कोरोना भाइरसबाट बच्न र यसलाई फैलनबाट रोक्न घरमै बसेर काम गर्ने (टेलिवर्किङ) सेवा उत्तम विकल्प हो ।

Advertisement
Advertisement

कोरोना भाइरसबाट संक्रमितको संख्या योकोहामा बन्दरगाहको डायमण्ड प्रिन्सेस नामको पानी जहाजमै रहेका ५ सयसहित जापानमा ६ सय पुगेको छ । सो डायमण्ड जहाजमा करीव ३ हजार जना यात्रु निगरानीमा छन् ।
जापानका सञ्चार माध्यमहरुले जनाएका अनुसार कोरोना भाइरसको बढ्दो संक्रमणले गर्दा जापानभरि नै आमचिन्ताको बिषय बनेको छ । यसैबीच यहाँको स्वास्थ्य मन्त्रालयले ३७ दशमलव ५ सेन्टीग्रेड वा सो भन्दा माथि तापक्रमको ज्वरो लगातार तीन–चार दिनसम्म देखिएमा नजिकको स्वास्थ्य केन्द्र वा सम्बन्धित अस्पतालमा जँचाउन अपील गरेको छ । अझ बृद्धा तथा गर्भावती अवस्थाका महिलाहरुलाई अझ छोटो अवधिभित्रै चिकित्सकको सल्लाह लिन मन्त्रालयले आग्रह गरेको छ ।

Advertisement
Advertisement

यसैबीच जापान सरकारका मेडिकल विज्ञहरुले कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न र फैलन नदिन राजधानी टोकियो लगायतका प्रमुख सहरमा काममा जाने र फर्कने क्रममा रेलयात्रा गर्दा भिडभाड र यात्रुचाप अत्यधिक हुने औसत समय भन्दा कि अगाडि र कि ढिलो गरी गर्न सुझाएका छन् । कोरोना भाइरसको संक्रमणको उच्च जोखिमबाट बच्न र फैलन नदिन फुजित्सु र हिताची कम्पनीले मंगलबारदेखि आफ्ना कर्मचारीहरुलाई घरमै बसेर काम गर्ने (टेलिवर्किङ) सेवा सुरु गरेका छन् । जापानभरिनै क्रमशः बिस्तार हुने अपेक्षासहित सुरु गरिएको यो सेवा महामारीको संवेदनशील अवस्थामा प्रभावकारी हुने ती कम्पनीहरुको दावी छ ।

सम्बन्धित समाचार