free website hit counter

कोरोनालाई जित्दैछ नेपाल

beemaadmin
२०७७ भाद्र २३, मंगलवार

काठमाडौं । कोरोनासँग तर्सिएको समाज सचेत हुँदै अगाडि बढ्ने तयारीमा छ । अब सामाजिक दूरी र कोरोनासँगको सुरक्षाका लागि आम नागरिक तयार भइसकेका छन् । संक्रमणको दर पनि घट्दै गएको छ भने त्यो भन्दा ठूलो कुरा कोरोनालाई जितेर घर फर्किनेको संख्या दोब्बर हुन थालेको छ । मानिसको ज्यान जानेक्रम पनि घट्दै गएको छ । कोरोनासँगको हाउगुजी भन्दा पनि त्योसँग कसरी सुरक्षित हुने भन्नेतिर आम नगारिक पुगिसकेका छन् । अब कोरोना पराजित हुनेमा विश्वास गर्न सकिने वातावरण बन्दै गएको छ ।

स्वास्थ्य क्षेत्रमा देखिएको आत्मविश्वास र स्वास्थ्यकर्मीको लगनशीलताले कोरोना अब नेपालमा पराजित हुने संकेत गरेको छ । बितेको २४ घण्टामा देशभर थप ९०२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि हुँदा २२ सय भन्दा बढीले कोरोनालाई पराजित गरिसकेका छन् । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको जानकारी दिए । यस्तै पछिल्लो २४ घण्टामा २ हजार २८७ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या ३२ हजार ९६४ पुगेको छ।

यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ५३ रहेका छन् भने होम आइसोलेशनमा ६ हजार ८१५ जना रहेका छन् । यस्तै आज १० हजार ६११ जनाको पीसीआर परीक्षण भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ३०६ पुगेको छ।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार