free website hit counter

कोरोनाले लियो मन्त्री चौहानको ज्यान

beemaadmin
२०७७ भाद्र १, सोमबार

मुम्बई। कोरोना संक्रमणबाट आक्रान्त बनेको भारतमा ज्यान गुमाउनेको संख्या बढिहरेको बेला कोरोनाबाट संक्रमित भारतको उत्तर प्रदेशका मन्त्री चेतन चौहानको निधन भएको छ । पूर्व भारतीय क्रिकेटसमेत रहेका चौहान सैनिक कल्याण, होमगार्ड र नागरिक सुरक्षा मन्त्री थिए । ७२ वर्षीय चौहानको मृत्यु भएको उनका भाइ पुष्पेन्द्रले पुष्टि गरेका छन् ।

चौहानलाई १९ जुलाईमा कोरोना संक्रमण पुष्टि भएको थियो । चौहानको उपचार गुरुग्राम मेदान्ता अस्पतालमा हुँदै आएको थियो । उनलाई कृत्रिम श्वासप्रश्वासको व्यवस्था गरी राखिएको थियो । उनको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गरेका छन् ।

Advertisement
Advertisement

प्रधानमन्त्री मोदीले चौहानलाई शानदार क्रिकेटरको रुपमा स्मरण गर्दै पछि मेहनती राजनेता बनेको बताएका छन् । यसैगरी मुख्यमन्त्री योगीले चौहान जति चर्चित खेलाडी थिए, त्यति नै लोकप्रिय नेता थिए भनेका छन् ।

Advertisement
Advertisement

सम्बन्धित समाचार