free website hit counter

कोरोनाविरुद्ध सिटिजन लाइफले गर्यो सहयोग

beemaadmin
२०७७ बैशाख ३, बुधबार

काठमाडौं । सरकारले कोरोनाविरुद्ध आवश्यक पर्ने रकमका लागि स्थापना गरेको कोषमा सरकारी तथा गैर सरकारी संस्थाहरुबाट सहयोग आउने क्रम जारी छ । कोषमा २ अर्ब भन्दा बढी रकम जम्मा पनि भइसकेको छ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पनि कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोषमा ७ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । कम्पनीसँगको समन्वयमा कम्पनीको शाखा कार्यालयहरुले स्थानिय निकायसँग सहकार्य गरि महामारी सचेतना तथा रोकथामको लागी अत्यावश्यक सहयोग गरेको कम्पनीले जनाएको छ । विश्वभर फैलिएको यस महामारीलाई नेपालमा फैलिन नदिनको लागि स्थानीय निकाय र नेपाल सरकारले निरन्तर रुपमा प्रयास गरिरहेको यस समयमा उपलब्ध गराइएको आर्थिक सहयोगले केहि हदसम्म भएपनि मद्दत पुर्याउने आशा गरिएको कम्पनीले बताएको छ ।

सम्बन्धित समाचार

आइएमई लाइफको सिइओमा खड्का नियुक्त

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार

काठमाडौँमा शुरु भयो रविको बयान

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार