free website hit counter

क्रेस्ट माइक्रो लाइफको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

beemaadmin
२०८२ जेष्ठ २४, शनिबार

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सभामा कम्पनीका सेयरधनी, सञ्चालक तथा नियामक निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । सभाको प्रारम्भमा प्रमुख कार्यकारी अधिकृत सीई‌ओ प्रतापमान श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै कम्पनीको हालको प्रगति र भावी योजनाबारे संक्षिप्त जानकारी प्रस्तुत गरेका थिए । त्यसपछि सञ्चालक समितिका अध्यक्ष ऋषिराज मोरले आफ्नो मन्तव्यसँगै कम्पनीको दोस्रो वार्षिक प्रतिवेदन प्रस्तुत गरे । सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०८०–८१ को नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू सर्वसम्मत रूपमा पारित गरेको छ । सभाले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षकको रूपमा जेएन उपाध्याय एन्ड कोलाई नियुक्त गर्ने निर्णय पनि पारित गरेको छ । साथै समूह ‘ख’ अन्तर्गत सर्वसाधारण सेयरधनीहरूको तर्फबाट ईश्वरलाल श्रेष्ठ र सुनिता महर्जन सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार