free website hit counter

क्षेत्री फेरि सगरमाथा इन्स्योरेन्सको सिइओ

beemaadmin
२०७७ असार ३१, बुधबार

काठमाडौं । चंकी क्षेत्री सगरमाथा इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा पुनः नियुक्त भएका छन् । बीमा क्षेत्रमा २ दशक भन्दाबढी समयको अनुभव हासिल गरेका क्षेत्री सगरमाथा इन्स्योरेन्स कम्पनीमा आउनु पूर्व ओरेन्टल इन्स्योरेन्स कम्पनी र युनाईटेड इन्स्योरेन्स कम्पनीमा कार्य अनुभव संगालेका छन् ।
हाल सगरमाथा इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा रहेका क्षेत्रीको पुनः ४ वर्षको लागि कार्यकाल थपिएको हो । कम्पनी संचालक समितिले क्षेत्रीलाई अर्को एक कार्यकालको लागि नियुक्त गरेको हो । क्षेत्री नेपाल बीमक संघका महासचिव पनि छन् । निर्जीवन बीमा व्यवसाय गर्ने २० कम्पनीहरु माझ सगरमाथा इन्स्योरेन्स कम्पनी चर्चित कम्पनी हो । बीमा क्षेत्रका केही परिसुचकहरुमध्येमा सगरमाथा इन्स्योरेन्स केहीमा पहिलो तथा केहीमा दोस्रो स्थानमा छ । कम्पनी संचालक समिति बैठकले गत जेठ २२ गते उनलाई अर्को कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने सहमतिको लागि बीमा समितिमा पत्राचार गरेको थियो । समितिले असार १७ गते स्वीकृति दिएपछि संचालक समितिको अर्को बैठक असार २५ गते बसेर उनलाई थप एक कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।

सम्बन्धित समाचार