free website hit counter

गर्भावस्थामा यौन जीवन

beemaadmin
२०७७ जेष्ठ २४, शनिबार

गर्भावस्था निकै जोखिम अवस्था हो । यो बेला सबै कुरामा ध्यान पुर्याउनु पर्ने हुन्छ । अञ्जानमा भएका सामान्य गल्तिले पनि गर्भपतन हुने जोखिम बढी हुन्छ। त्यसैले मानिसमा गर्भावस्थामा शारीरिक सम्बन्ध राख्नेकी नराख्ने भन्ने कुराको दुविधा हुन्छ। धेरै मानिस गर्भावस्थामा यौन सम्पर्क गर्नु गर्भमा रहेको बच्चाका लागि खत्रा ठान्दछन्। धेरै मानिसले गर्भ रहेको तीन महिनापछि यौन सम्पर्क गर्न छोड्ने गरेको पाइन्छ। तर, मेडिकल साइन्सले मानिसमा रहेको यो भ्रमलाई गलत बताएको छ।

डाक्टरका अनुसार गर्भवती भएको समयमा महिलाको शरीरमा थुप्रै खाले फिजिकल र हार्मोनल परिवर्तन हुन्छ। यस्तो समयमा महिलामा यौन सम्पर्कको रहर निकै धेरै हुने गर्छ। महिलाका लागि गर्भवती भएको समयमा यौन सम्पर्क थप आनन्ददायी हुने पनि बताइएको छ। यौन सम्पर्क यौन सुखका लागि मात्र गरिने नभएको र यसले पार्टनरको बिचमा भावनात्मक सम्बन्धको पनि विकास गर्छ। यस्तो समयमा महिलाको शरीरमा रक्त प्रवाह केही बढ्न पुग्छ र उनीहरूमा यौन सम्पर्कको चाहना पनि बढ्छ। त्यसैले उनीहरूले गर्भावस्थामा यौन सम्पर्क गर्दा बढी आनन्द लिने गर्छन्।

Advertisement
Advertisement

गर्भावस्थामा यौन सम्पर्क गर्नुहुँदैन भनेर डराउनुभन्दा सावधानी पूर्वक कसरी शारीरिक सम्बन्ध राख्ने भन्ने कुरामा ध्यान दिनुपर्छ। डाक्टरका अनुसार गर्भवती भएको जुनसुकै स्टेजमा पनि यौन सम्पर्क गर्नु खतरापूर्ण हुँदैन। गर्भवतीमा कुनै किसिमको समस्या छैन भने यौन सम्पर्क गर्न डराउनुपर्ने कुनै कारणनै नहुले चिकित्सकहरूले बताएका छन्। यदि महिलामा बढी मात्रामा रगत बग्ने समस्या भयो वा छ भने तुरुन्त चिकित्सकहरूसँग परामर्श लिनुपर्छ। तर, गर्भावस्थामा यौन सम्पर्क गर्दा केही कुरामा भने जरुर ध्यान दिनुपर्छ। गर्भावस्थामा यौन सम्पर्क गर्दा सरसफाइमा विशेष ध्यान दिनुपर्छ।

Advertisement
Advertisement

सुरक्षाका लागि सधै कन्डमको प्रयोग गर्नुपर्छ। गर्भावस्थामा यौन सम्पर्क गर्दा पार्टनरको सहजता र पोजिसनलाई ध्यान दिनुपर्छ। यस्तो अवस्थामा अन द टप पोजिशन सबैभन्दा राम्रो मानिन्छ। रगत धेरै बग्दा डाक्टरले यौन सम्पर्क नगर्न सुझव दिने गर्छन्। एमनियोटिक फुड लिक हुँदा बच्चाको ज्यानमा खतरा हुन्छ। त्यसैले यस्तो अवस्थामा पनि यौन सम्पर्क गर्नु उपयुक्त हुँदैन।

कमजोर गर्भ तथा पेल्विक फ्लोर बच्चा र यौन सम्पर्कलाई सपोर्ट गर्दैन। यस्तो हुँदा यौन सम्पर्कको तरिका फेर्ने वा तुरुन्त चेकअप गर्ने गर्नुपर्छ। यदि बच्चा खस्ने समस्या छ भने पनि यौन सम्पर्क गर्नु जोखिम मानिन्छ। गर्भमा दुई वा दुईभन्दा बढी भ्रुर्णको छन् भने पनि महिलामा कम्प्लिकेशन आउन सक्ने सम्भाना हुन्छ। त्यसैले विशेष ध्यान दिनुपर्छ। तर, डाक्टरसँग आफ्नो पार्टरको अवस्थाबारे सरामर्श गरेर यौन सम्पर्क गर्नु सबैभन्दा उत्तम मानिन्छ।

सम्बन्धित समाचार