free website hit counter

गल्कोट समाजले दियो पीडित परिवारलाई २६ लाख सहयोग

beemaadmin
२०७६ चैत्र १, शनिबार

टोकियो । सामाजिक काममा अग्रणी संस्था गलकोट समाजले जापानमा निधन भएका एक व्यक्तिको परिवारलाई आर्थिक सहयोग गरेको छ । जापानको सिजुओकामा असायमिक निधन भएका डिल बहादुर बुढाथोकीको परिवारलाई गल्कोट समाज जापानले २६ लाख रुपैया आर्थिक सहयोग गरेको हो । गल्कोट नगरपालिका– ६ खुईल घर भई बिगत ७ बर्षदेखि जापानको सिजुओका सिटीमा कार्यरत स्व। डिल बहादुर बुढाथोकीको आर्थिक स्थिति नाजुक भएको कारण गल्कोट समाज जापानद्वारा चलाईआर्थिक सहयोग अभियान बाट संकलन भएको २६ लाख जापानी ऐन स्व. डिलबहादुर बुढाथोकीका दुई छोराहरुको संयुक्त खाता खोली नगद जम्मा गराई सकेको कुरा संसथाका महासचिब कृष्ण केसीले जानकारी दिनुभयो ।
पारिवारिक स्थिती नाजुक भएको कारण संस्थागत रुपमा आर्थिक सहयोग अभियान चलाइएको कुराको जानकारी दिदै संस्थाका अध्यक्ष दिलु खत्रीले यो अभियानमा सहयोग गर्नु हुने संस्थाका पदाधिकारीहरु सहित सम्पुर्ण सहयोगदाताहरुलाई हार्दिक धन्यवाद समेत व्यक्त गर्नु भयो । स्व. बुढाथोकीका श्रीमती, २ छोरी र २ छोरा छन् ।

सम्बन्धित समाचार