टोकियो । सामाजिक काममा अग्रणी गल्कोट स्पोर्ट्स क्लब टोकियो जापानले गौतमबुद्ध अन्तर्राट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ४ लाख ५ हजार रुपैया सहयोग गरेको छ । क्लबले उक्त रकम गल्कोट समाज चितवनका पदाधिकारीहरुको समन्वयनमा धुर्मुस–सुन्तली फाउण्डेशनलाई हस्तान्तरण गरेको हो । सन् २०१७ मा जापान भ्रमणका अवसरमा क्दबको तेस्रो बार्षिकोत्सवमा सिताराम कट्टेल र कुञ्जना घिमिरेलाई धुर्मुस सुन्तली फाउण्डेशनका लागि क्लबले १ लाख सहयोग स्वरुप हस्तान्तरण गरेको थियो । क्लबले प्रत्येक नेपाली नयाँ वर्ष तथा क्लबको बार्षिकोत्सवका अवसरमा जापानमा रनिङ कप भलिबल प्रतियोगिता गर्ने र त्यसबाट भएको नाफाबाट खेलसंग सम्बन्धित क्षेत्रमा प्रत्येक वर्ष सहयोग गर्दै आएको छ ।