free website hit counter

गुराँस लघुवित्तको नाफा २ करोड माथि

beemaadmin
२०८१ बैशाख ११, मंगलवार

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नाफा ५४ लाख रुपैयाँ ऋणात्मक रहेको थियो। खुद ब्याज आम्दानी बढेसँगै केही मात्रामा खराब कर्जा उठाउन सफल भएका कारण लघुवित्तको खुद नाफा धनात्मक हुन पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६७.११ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी ४४.९२ प्रतिशत र कुल सञ्चालन आम्दानी ६०.७१ प्रतिशत बढेको छ। त्यस्तै, समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ६.८९ प्रतिशतबाट घटेर २।६९ प्रतिशतमा झरेको छ। सो अवधिसम्ममा लघुवित्तले ५९ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ भने सम्भावित जोखिम बापत कुनै रकम व्यवस्था गरेको छैन। नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ७ रुपैयाँ २२ पैसा ऋणात्मक रहेको लघुवित्तको प्रतिशेयर आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २९ रुपैयाँ ५६ पैसा धनात्मक भएको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ७९.१७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ २३ पैसा रहेको छ। १० करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ४ करोड ३८ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा लघुवित्तले १ अर्ब १७ करोड सापटी तथा ३० करोड २९ लाख निक्षेपबाट १ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार