free website hit counter

गुराँस लाइफ इन्स्योरेन्सद्वारा काफ्ले परिवारलाई मृत्यु दाबी भुक्तानी

beemaadmin
२०८० बैशाख १५, शुक्रबार

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले आफ्ना बीमितको असामयिक निधनपछि आश्रित परिवारलाई बीमा बापतको दाबी भुक्तानी गरेको छ । कम्पनीको नारायणघाट शाखाले एक कार्यक्रम गरि कावासोती नगरपालिका १३, का बीमित स्व कमलापति काफ्लेकी श्रीमती पेमा कुमारी अधिकारी काफ्लेलाई मृत्यु दावी वापतको रकम भुक्तानी गरेको छ । कम्पनीका नारायणघाट शाखा प्रमुख ओमकार सिग्देलले २३ लाख ३ हजार ३ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । स्वर्गिय काफ्लेले कम्पनीमा गुराँस वार्षिक नगद फिर्ता जिबन बिमा योजना बिमा गर्नु भएको थियो र उहाको केही समय पहिले स्वर्गारोहण भएको हो । उक्त कार्यक्रममा शाखा प्रमुख ओमकार सिग्देलले बीमा बचत सहित जिवनमा आई पर्ने यस्ता आप्रत्यासित घटनाले आश्रीत परिवारमा हुने आर्थिक क्षतिको बलियो आधार हुने हुदा उपस्थित सबैले आफ्नो लागि उचित हुने बीमा गर्नु पर्छ भन्ने कुरा राखेका थिए ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार