काठमाडौं । आर्थिक वर्ष २०७७–०७८ का लागि गुराँस लाइफ इन्स्योरेन्सले बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले उक्त आर्थिक वर्षको वित्तीय विवरण बीमा प्राधिकरणबाट २०७९ चैत ८ गते स्वीकृति पाएपछि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो । त्यस अनुसार २०७८ असार मसान्तसम्म जारी भएका मुनाफमा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण गरेको छ । कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७६ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो । कम्पनीको सावधिक जीवन बीमालेख र गुराँस बालसुरक्षा र गुराँस नौलो बालसुरक्षा सावधिक जीवन बीमा योजनामा जीवन बीमालेखमा बीमा अवधिको आधारमा प्रति हजार न्यूनतम ३८ देखि अधिकतम ७६ रुपैयाँसम्म बोनस पाउनेछन ।
सावधिक तथा आजीवन बीमालेख बीमा अवधिको आधारमा न्युन्तम ४० रुपैयाँ देखि ७५ रुपंयाँ र अग्रिम भुक्तानी सावधिक बीमालेखमा ३६ रुपैयाँ देखि ४८ रुपैयाँ बोनस दर निर्धारण गरेको छ । वार्षिक नगद फिर्ता बीमालेखमा बीमा अवधिको आधारमा बीमितले न्युनतम ३४ रुपैयाँ देखि ४३ रुपैयाँ, गुराँस सुरक्षित भविष्य जीवन बीमामा बीमा अवधि अनुसार प्रति हजार न्युनतम २५ रुपैयाँ देखि ३७ रुपैयाँ बोनस दर तोकिएको छ । यस्तै ३० वर्षे गुराँस जीवन रक्षक ९सिमित भुक्तानी०, गुराँस सवाधिक लघु जीवन बीमा र गुराँस कर्पोरट जीवन बीमा योजनामा बीमा अवधिको आधारमा कम्पनीले न्युनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँ बोनस दर सार्वजनिक गरेको छ ।
उल्लेख्खित बीमा अवधि तथा योजना अनुसार कायम बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जनाएको छ ।