काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७८–७९ को प्रथम त्रैमासको मिश्रित वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले समिक्षा अवधिसम्ममा ८६ करोड ३३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ९६ करोड २४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । गत आर्थि बर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन घटेको छ । कम्पनीको खुद बीमा शुल्क आर्जन १० प्रतिशतले घटेको हो ।
१ अर्ब ९७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ५७ करोड ५३ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ५६ करोड ६२ लाख रुपैयाँ मात्र संचिती रहेको थियो । कम्पनीको जीवन बीमा कोषमा १० अर्ब ८८ करोड १८ लाख रुपैयाँ संचित रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा ८ अर्ब करोड ५१ करोड रुपैयाँ रहेको थियो । यस अवधिमा कम्पनीको महा विपत्ति कोषमा ६ करोड १६ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीले ४ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले ४ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको मुनाफामा ४ दशमलव १४ प्रतिशतले गिरावट भएको छ ।
त्यसैगरी कम्पनीले यस अवधिमा ६४ करोड ३७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड २९ लाख रुपैयाँ मात्र खुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी ३५० दशमलव ३३ प्रतिशतले बढी हो । कम्पनीले अभिकर्ता कहिनमार्फत ९ करोड ७७ लाख रुपैयाँ खर्च गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको यस्तो खर्च १० करोड ७७ लाख रुपैयाँ थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको अभिकर्ता कमिशन मार्फत भएको खर्च कम भएको छ ।