free website hit counter

ग्यास र इन्डक्सनसहित सहुलियत पसल सञ्चालन गर्ने सरकारको तयारी

beemaadmin
२०७६ चैत्र ५, बुधबार

काठमाडौं । जब जब मुलुकमा केही असामान्य अवस्था आउँत त्यतिबेला आम नागरिकले सरकारको उपस्थिति पाउँदैनन् । विश्वलाई कोरोना संक्रमणले आक्रान्त पारिरहँदा नेपाली बजारमा लूट मच्चिएको छ । व्यापारीहरुले कृतिम अभावदेखि कालोबजारी चम्काउने अवसरका रुपमा यसलाई प्रयोग गरेका छन् । यही बेला सरकारले आम उपभोक्तालाई सहज होस् भनेर सहुलियत पसल सञ्चालन गर्ने भएको छ । बजारमा अत्यावश्यक बस्तुमा भएको कालोबजारी रोक्न पसल सञ्चालन गर्न लागेको बताइएको छ । संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता समितिमा सांसदहरुको प्रश्नको जवाफ दिदै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङमार्फत सहुलियतपूर्ण पसल सञ्चालन गरिने जानकारी दिएका हुन् । केही दिनमै सञ्चालनमा आउने पसलमा नुन, चिनी, चामल, दाल, ग्याँस, इन्डक्सन चुल्हो उपलब्ध हुने मन्त्री भट्टले बताए । त्यस्ता सामग्रीहरु बिक्री गर्न घुम्ती पसल पनि सञ्चालनमा ल्याइने मन्त्री भट्टको भनाइ छ । कोरोना संक्रमण रोक्ने उच्चस्तरीय समितिको योजनाअनुसार नै देशभर यस्ता पसलहरु सञ्चालन गरिने मन्त्री भट्टले जानकारी दिए ।

सम्बन्धित समाचार

सुनको मूल्य घट्यो

beemaadmin
२०८१ मंसिर १३, बिहीबार