free website hit counter

ग्यास सकियो ? चिन्ता छैन (सम्पर्क नम्बरसहित)

beemaadmin
२०७६ चैत्र २१, शुक्रबार

काठमाडौं । कोरोनाका कारण मुलुक ठप्प हुँदा खाना पकाउने ग्यासको अभाव देखिएको छ । सामान्य समयमाभन्दा यो बेला ग्यासको माग अत्यधिक भएपछि नेपाल आयल निगमले ग्यास वितरणको दर बढाए पनि अझै अभाव पूर्ति हुन सकेको छैन । खाना पकाउने ग्याँसको अभाव झेलिरहेका उपभोक्ताहरुलाई विभिन्न ग्याँस उद्योगहरुले शुक्रबार पनि देशैभर ग्याँस वितरण गर्दैछन् । नेपाल आयल निगमकाअनुसार काठमाडौं उपत्यकासहित सबै जिल्लाहरुमा वितरण गरिने ग्याँसको विवरण सबै उद्योगले निगममा पठाएका छन् । शुक्रबार काठमाडौं उपत्यकामा मात्रै ओम ग्याँसले २२ वटा डिपोमार्फत २ हजार ४० सिलिण्डर ग्याँस वितरण गर्दैछ । यस्तै नेपाल ग्याँस कम्पनी अन्तर्गतको नारायणीबाट चार हजार एकसय ४१ सिलिण्डर ग्याँस देशभर वितरण हुँदैछ । सोही कम्पनीको नेपाल ग्याँस पनि उपत्यकाका ६३ डिपोमार्फत ६ हजार ४८० सिलिण्डर वितरण हुँदैछ ।
यस्तै उपत्यकासहितका विभिन्न जिल्लाका ६ वटा डिलरमार्फत दुई हजार ५७९ सिलिण्डर एचपी ग्याँस पनि शुक्रबार वितरण हुने निगमले जनाएको छ । साथै उपभोक्ताहरुले एलपी ग्याँस नपाए सम्पर्क गर्न निगमले आग्रह गरेको छ ।

ग्यासबारे बुझ्न हटलाइन ११४६ मा सम्पर्क गर्न सकिने छ भने पैसा नलाग्ने टोलफ्री नं. १६६००११००२८ र अन्य नम्बरहरु ९८५१२७३४७९, ९८५१२७३४३१, ९८५१२७३२६९ मा सम्पर्क गर्न सकिने बताइएको छ ।

शुक्रबार कहाँ कहाँ ग्यास वितरण हुँदैछ ?
(सूचि हेर्न यहाँ क्लिक गर्नुहोला)

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार