free website hit counter

चार दिनको अन्तरमा कोरोनाबाट आमा–छोराको मृत्यु

beemaadmin
२०७७ भाद्र १७, बुधबार

काठमाडौं । विधिको विडम्बना चार दिनअघि आमा गुमाएका एक युवा गर्भवती श्रीमती, छोराछोरी र बाबुलाई छाडेर संसारबाट बिदा भएका छन् । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका ती युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । भदौ ४ गते कोरोना संक्रमण पुष्टि भएका मध्यपुर थिमी नगरपालिका– ७ का ४० वर्षका युवकको मंगलबार राति पाटन अस्पतालमा मृत्यु भएको बताइएको छ । अस्पतालको भेन्टिलेटरमा राखेर उपचारका क्रममा उनको मृत्यु भएको हो । यी युवकमा कोरोना संक्रमण देखिएपछि परिवारका सदस्यहरुमा परीक्षण गर्दा उनको बाबु, आमा, पत्नी र दुई छोराछोरीमा पनि संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमणकै कारण उनकी आमाको भदौ १३ गते पाटन अस्पतालमै मृत्यु भएको थियो । युवकको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको बाबु, गर्भवती श्रीमती र छोराछोरी होम आइसोलेसनमा नै रहेका छन् । फाइल तस्बिर

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार