free website hit counter

चिरायुले सम्हाले प्राईम लाईफ इन्स्योरेन्स

beemaadmin
२०७६ फाल्गुन ३, शनिबार

काठमाडौं । चिरायु भण्डारी प्राईम लाईफ इन्स्योरेन्स कम्पनीको महाप्रबन्धकमा नियुक्त भएका छन् । बीमा क्षेत्रका अनुभवी भण्डारीले यही फागुन १ गतेबाट प्राईम लाईफ इन्स्योरेन्स कम्पनीको महाप्रबन्धकमा नियुक्ति भएसँगै कार्य प्रारम्भ गरेका हुन् । प्राईम लाईफको सञ्चालक समितिको बैठकले नेपाल पुनर्बीमा कम्पनीमा चार वर्ष सिईओ चलाएका भण्डारीलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ।

९ वर्ष राष्ट्रिय बीमा संस्थानमा काम गरेपछि नेशनल लाईफ एण्ड जनरल इन्स्योरेन्स कम्पनीमा गएका भण्डारी सो कम्पनीका संस्थापकसमेत हुन् । २६ वर्ष नेशनल लाइफ इन्स्योरेन्मा काम गरिसकेका भण्डारी त्यसपछि पुर्नबिमाको सिईओ समेत भइसकेका छन् । बीमा क्षेत्रमा करिब चार दशक लामो यात्रा तय गरिसकेका छन् ।

सम्बन्धित समाचार

व्यतीत बीमालेख नवीकरणमा विशेष छूट

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

टक्सार पिखुवा खोला आईपीओ आउँदै

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

सानिमा बैंककाे नाफा बढ्याे

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार