free website hit counter

छिमेक लघुवित्तको वितरणयोग्य मुनाफा १ अर्ब ९५ करोडभन्दा बढी

beemaadmin
२०८३ बैशाख २७, आईतवार

काठमाडाैं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार संस्थाको नाफामा सामान्य सुधार देखिए पनि व्यवसाय विस्तारतर्फ मिश्रित अवस्था देखिएको छ।

चैत मसान्तसम्ममा लघुवित्तले ९० करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा ८५ करोड ३५ लाख रुपैयाँ रहेको थियो। यस आधारमा संस्थाको खुद नाफा ६.२ प्रतिशतले बढेको हो।

त्यस्तै, लघुवित्तको मुख्य आम्दानी स्रोतका रूपमा रहेको खुद ब्याज आम्दानी २ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। ब्याज खर्च बढे पनि संस्थाले सञ्चालन मुनाफालाई सन्तुलित राख्न सफल भएको देखिन्छ।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा १ अर्ब २६ करोड रुपैयाँ रहेको छ। यस्तै, चैत मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १ अर्ब ९५ करोड ८१ लाख रुपैयाँ कायम भएको छ।

सम्बन्धित समाचार