free website hit counter

जनउत्थानका कर्मचारीहरुको कोरोना बीमा

beemaadmin
२०७७ जेष्ठ २८, बुधबार

काठमाडौं । कोरोना भाइरसले विश्वव्यापी आतंक मच्चाइरहेको बेला जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले संस्थामा कार्यरत २०१ जना कर्मचारीहरुको कोरोना बीमा गरेको छ ।कर्मचारीहरुको मनोवल वृद्धि गर्ने उद्देश्यका साथ संस्थामा कार्यरत सम्पूर्ण तहका कर्मचारीहरुको बीमाङ्क रकम रु १,००,०००को कोरोना बीमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडमा गरिएको हो । उक्त बीमा लेख कायम रहेको अवधिमा कोरोना बीमा दावीका लागि कोरोना भाइरस ९कोभिड–१९० पीसीआर परीक्षण भई संक्रमित भएको प्रमाणित भएमा कर्मचारीले तोकिएको बीमाङ्क रकम प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार