free website hit counter

जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले फिर्ता लिए नाम

beemaadmin
२०८३ कार्तिक १७, सोमबार

काठमाडौं । जापानका लागि राजदूतमा प्रस्तावित जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन्। विवादमा परेपछि थापाले सोमबार सिंहदरबार पुगेर राजदूत नियुक्तिको प्रक्रियाबाट अलग हुने निर्णय गरेका हुन्।

थापाले नाम फिर्ता लिएको जानकारी संसदीय सुनुवाइ समितिको बैठकमा गराइएको हो। उनीविरुद्ध जापानको स्थायी आवासीय अनुमति (पीआर) लिएको भन्दै उजुरी परेको थियो।

Advertisement
Advertisement

यसअघि संसदीय सुनुवाइका क्रममा थापाले आफूले जापानको पीआर त्यागिसकेको दाबी गरेका थिए। तर, पीआरसम्बन्धी विवाद चर्किँदै गएपछि उनले राजदूत बन्ने प्रक्रिया नै छाडेका हुन्।

Advertisement
Advertisement

सभामुख डीपी अर्यालको जोडबलमा राजदूतका लागि सिफारिस भएका थापा विवादमा तानिएपछि अन्ततः आफ्नो नाम फिर्ता लिन पुगेका हुन्।

सरकारले असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकबाट विभिन्न १३ देशका लागि राजदूत सिफारिस गरेको थियो। सोही सूचीमा थापा पनि परेका थिए।

संसदीय सुनुवाइ समितिले असोज २८ गते प्रस्तावित १३ मध्ये १० जना राजदूतको नाम अनुमोदन गरेको थियो। तर, साउदी अरेबियाका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चुडामणि खरेलको नाम भने समितिले अस्वीकृत गरेको थियो।

सम्बन्धित समाचार