free website hit counter

ज्योति लाइफ इन्स्योरेन्सको बीमा शुल्क ५० प्रतिशतले बढ्यो

beemaadmin
२०७८ मंसिर १, बुधबार

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरण विश्लेषण गर्दा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस आर्थिक वर्षको पहिलो त्रैमासमा कूल बीमा शुल्कमा ५० प्रतिशत वृद्धि भई ८१.७८ करोड रुपैयाँ आर्जन गरेको देखिएको छ । कम्पनीले कुल लगानी रकममा ८२ प्रतिशत वृद्धि गरेको छ भने खुद नाफामा २८ प्रतिशत वृद्धि गर्दै ९.२३ करोड रुपैयाँ नाफा गर्न सफल भएको छ । व्यवसाय तथा लगानी वृद्धि र सञ्चालन खर्चमा सन्तुलन लगायत कारणले कम्पनीको जगेडा कोषमा समेत ४४ प्रतिशत वृद्धि भई ६६।१० करोड रुपैयाँ कायम भएको कम्पनीले जानकारी दिएको छ । जीवन बीमा कोषमा १०१ प्रतिशत वृद्धि भई ४.५५ अर्ब रुपैयाँ कायम गर्न कम्पनी सफल भएको देखिन्छ । जीवन बीमा कम्पनीको बलियो आधार तथा एक महत्त्वपूर्ण सूचकको रूपमा जीवन बीमा कोषलाई लिइन्छ, जसले बीमितहरुले पाउने बोनस दरमा समेत सकारात्मक प्रभाव पार्छ ।

सम्बन्धित समाचार