काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड चितवन शाखाले आफ्नो व्यवसायलाई चुस्त दुरुस्त बनाउन व्यवसायको मेरुदण्ड मानिएका अभिकर्तालाई आधारभुत तालिम दिएको छ । कम्पनिको चितवन हेटौंडा नवलपुर क्षेत्रका एरिया सेल्स म्यानेजर इश्वर बिकल सापकोटाले प्रमुख प्रशिक्षकको भुमिका निर्वाह गरेका थिए । कार्यक्रममा २५ जना नयाँ अभिकर्ताहरुको उपस्थिति रहेको थियो । सो अवसरमा सहभागीहरुलाइ प्रशिक्षित गर्दै सापकोटाले जीवन बीमाको महत्व, बर्तमान अवस्थामा यसको आवश्यकता र ज्योति लाइफका बिशेषता लगायतकाबारे प्रकाश पारेको कम्पनीले जनाएको छ । चितवन शाखाका शाखा प्रबन्धक मुकुन्द भुसालले सहजीकरण गरेको कार्यक्रममा सेल्स एक्ज्युकेटिभ सन्जय पुडासैनी लगायत सिनियर एजेन्सी म्यानेजर देखि अभिकर्ताहरु सम्मको उल्लेखनिय सहभागिता रहेको थियो ।