free website hit counter

ज्योति लाईफले दियो घातक रोग उपचारका लागि २० लाख

beemaadmin
२०७६ माघ २३, बिहीबार

काठमाडौं । बीस लाख रुपैयाँ बिमाङ्कको घातक रोग सुविधा सहितको “ज्योति सुरक्षित भविष्य योजना” बीमालेख खरिद गरेका दोलखा घर भई बनेपा, बस्ने कम्पनीका बीमित सलिम श्रेष्ठलाई बीमा सम्झौता अनुसार घातक रोगको उपचार सुविधा बीमाङ्क वापत २० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

ज्योति लाईफ इन्स्योरेन्सले घातक रोग उपचार गर्न बीमित श्रेष्ठलाई बीमा सुविधा वापत उपचारको लागि उक्त रकम उपलब्ध गराएको छ ।

Advertisement
Advertisement

रकम हस्तान्तरणको क्रममा कम्पनीका कार्यकारी उपप्रमुख प्रकाश विक्रम खत्रीले कम्पनीले संयोगबस विश्व क्यान्सर दिवसकै दिन यसरी घातक रोग लागेका बिमितलाई उपचार खर्च दिन पाउँदा खुसी लागेको बताएका छन् । साथै, आगामी दिनहरुमा बीमितहरुलाई अझ स्तरिय सेवा दिने प्रतिबद्धता व्यक्त गर्ने उनले बताएका छन् ।

Advertisement
Advertisement

कम्पनीले सर्वाधिक ३५ वटा घातक रोगहरुको लागि ५० लाख रुपैयाँसम्मको घातक रोग उपचार सुविधा सहित जीवन बीमा योजना जारी गरिसकेको छ ।

सम्बन्धित समाचार