free website hit counter

ज्योति विकास बैंक द्वारा बेबी वार्मर प्रदान

beemaadmin
२०७७ फाल्गुन ११, मंगलवार

ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्व सम्बन्धि “हाम्रो विकास प्रबर्द्वन कोष” बाट सामरी स्वास्थ्य चौकी म्यागङ गाउँपालिका वडा नं. ५ सामरी, नुवाकोटलाई एक-एक थान बेबी वार्मर प्रदान गरेको छ। सामरी स्वास्थ्य चौकीको प्राङ्गणमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकद्वारा संयुक्तरुपमा सो बेबी वार्मर प्रदान गरिएको हो। बेबी वार्मरले नवजात शिशुको शारिरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ।   

सामरी स्वास्थ्य चौकीको प्राङ्गणमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारस राज कंडेल, बैंकका सामरी शाखाका शाखा प्रबन्धक सुजन बज्राचार्य र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट सुनिल बानियाँ द्वारा संयुक्त रुपमा म्यागङ गाउँपालिका वडा नं. ५ का अध्यक्ष श्री आशा तामाङ र सामरी स्वास्थ्य चौकीका इन्चार्ज श्री डम्बर न्यौपानेलाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको थियो। नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरबाट सामरी स्वास्थ्य चौकी, सामरीमा प्रसुति सेवा लिन आउने प्रत्यक्ष्य रुपमा लाभान्वित हुनेछन्। 

Advertisement
Advertisement

बैंकले “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत् राष्ट्रिय आविष्कार केन्द्र सँगको सहकार्यमा कपिलवस्तु सामुदायिक अस्पताल- कपिलवस्तु, मध्यबिन्दु जिल्ला अस्पताल – नवलपुर, महाकाली अञ्चल अस्पताल -कञ्चनपुर, प्युठान जिल्ला अस्पताल-प्युठान, प्राथमिक स्वास्थ्य केन्द्र-महोत्तरी, आम्दा अस्पताल-झापा, जिल्ला अस्पताल-खोटाङ्ग र सामरी स्वास्थ्य चौकी-सामरीलाई एक-एक थान बेबी वार्मर प्रदान गरि हालसम्म जम्मा ८ वटा बेबी वार्मर प्रदान गरिसकेको छ।

Advertisement
Advertisement

नेपाली समाजमा स्थानीय तहमा सुषुप्त​रुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित “हाम्रो विकास प्रवर्द्धन कोष​” मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यहरु गर्दै आएको छ​। बैंकले १२औं वार्षिकोत्सवको अवसरमा डा. महाविर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रलाई १० वटा “न्यानो नानी” बेबी वार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुंच नपुगेका अस्पतालहरुलाई हस्तान्तरण गर्ने सहकार्यका लागि रु. ८ लाख प्रदान गरेको थियो। 

 

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब रु. ४६ अर्ब निक्षेप संकलन गरी २३ हजारभन्दा बढि ऋणीहरुलाई करिब रु. ३७ अर्ब लगानी गर्न सफल भएको छ।

सम्बन्धित समाचार