free website hit counter

ज्योति विकास बैंकले वोलायो साधारण सभा

beemaadmin
२०८२ फाल्गुन ६, बुधबार

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले १८ औं वार्षिक साधारण सभाको मिति तय गरेको छ । फागुन ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले यही फागुन २८ गते काठमाण्डौको नक्सालमा रहेको लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा लाभांशसँग सम्बन्धित कुनैपनि प्रस्ताव पेश हुनेछैन । सभामा आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, ल्खापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्ने, बैंकको सहायक कम्पनी ज्योति क्यापिटलको पनि गत आवको वित्तीय विवरणहरु पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ । साधारण सभा प्रयोजनका लागि बैंकले फागुन १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ फागुन १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

सम्बन्धित समाचार

सुनको मूल्यमा भारी गिरावट

beemaadmin
२०८३ जेष्ठ १, शुक्रबार

सलिकोको नाफा १३ करोड ३२ लाखमा सीमित

beemaadmin
२०८३ बैशाख ३१, बिहीबार