free website hit counter

झापा इनर्जीको आईपीओमा आवेदन दिनुभयो ?

beemaadmin
२०८२ श्रावण १८, आईतवार

काठमाडौं । झापा इनर्जी लिमिटेडले साउन १४ गतेदेखि निष्कासन गरेको आईपीओमा आवेदन दिने साउन १८ अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुलाइरहेको छ । यो आईपीओमा वैदेशिक रोगजारीमा गएका नेपालीले आजसम्म आवेदन दिइसक्नुपर्नेछ । कम्पनीले प्रतिकित्ता १०० रुपियाँका दरले जम्मा ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट असार ३१ गते अनुमति पाएको थियो । कुल निष्कासनमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ३ लाख ८० हजार १९० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र १५ प्रतिशत अर्थात् ५७ हजार २९ कित्ता आईपीओ वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरिएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन पाइनेछन् । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार